काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले भारत र पाकिस्तानलाई युद्धलाई बढावा दिने काम तत्काल रोक्न र शान्ति प्रवर्द्धन गर्न आग्रह गर्दै भारतीय दूतावास अगाडि प्रदर्शन गरेको छ । मानव अधिकार तथा शान्ति समाजले शुक्रबार बिहान भारतीय दूतावास र दिउँसो पाकिस्तान दूतावास अगाडि प्रदर्शन गर्ने घोषणा गरेको छ ।
समाजका पूर्वसभापति कृष्ण पहाडीसहितका अधिकारकर्मीले बिहान लैनचौरस्थित भारतीय दूतावास अगाडि प्रदर्शन गरेका थिए । उनीहरू प्लेकार्ड र ब्यानरसहित उपस्थित भएका थिए । दिउँसो महाराजगन्जस्थित पाकिस्तान दूतावास अगाडि प्रदर्शन गर्ने कार्यक्रम छ ।
दुई दिनदेखिको भारत र पाकिस्तानबीचको क्षेप्यास्त्र र ड्रोन हानाहानले दक्षिण एसियाको शान्ति खल्बलिएको छ ।
प्रतिक्रिया