फिल्म ‘राजकुमारी’ निर्माणको घोषणा गरिएको छ । यो फिल्मको छायांकन भदौबाट सुरु गर्ने तयारी निर्माणपक्षको छ ।
फिल्मलाई रिम विश्वकर्माले निर्देशन गर्दैछन् । जसले निर्देशन गरेको फिल्म ‘हेल्लो काँशीराम’ शुक्रबारदेखि रिलिजमा आउँदैछ ।
प्रेम, संघर्ष र साहसको कथामा यो फिल्म बन्नेछ । फिल्ममा रिमको नै लेखन छ । यो फिल्मका लागि ५ करोड बजेट लाग्ने बताइएको छ ।
निर्देशक विश्वकर्माले यो फिल्मलाई सपनाको प्रोजेक्ट भनेका छन् । रेडलाइन्स फिल्म प्रालिको व्यानरमा निर्माण हुन लागेको यो फिल्मलाई पीबी थापाले लगानी गर्दैछन् । फिल्मको कथा र यसले उठान गर्ने विषयप्रति गहिरो रुपमा प्रभावित भएका कारण आफूले यो फिल्ममा लगानी गर्न लागेको थापाको भनाई छ ।
फिल्मको हाल धमाधम प्रि–प्रोडक्सनको काम चलिरहेको छ ।
फिल्मका लागि कलाकारहरु फाइनल गरिएको छैन । महंगो बजेटमा बन्न लागेको यो फिल्मका लागि स्टार कलाकारहरु लिने तयारी उनको छ ।
प्रतिक्रिया