काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको प्रस्तावमा युक्रेनी राष्ट्रपति जेलेन्स्कीले सहमति जनाएका छन् । यसले लामो समयदेखि चलिरहेको युद्धमा सम्भावित विरामको आशा जगाएको छ।
दुवै देश चाँडै वार्ताको टेबलमा आउने भनिएको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आइतबार मे १५ मा इस्तानबुलमा युक्रेनसँग पूर्वशर्त बिना प्रत्यक्ष वार्ताको प्रस्ताव गरेका छन् । क्रेमलिनमा पत्रकारहरूसँग कुरा गर्दै पुटिनले वार्ताको उद्देश्य दीर्घकालीन शान्ति स्थापना गर्नु र युद्धको मूल कारणहरूलाई सम्बोधन गर्नुरहेको बताए।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध विरामको प्रस्तावबाट कहिल्यै नसकिने रक्तपात अन्त्य भएमा लाखौं मानिसहरूलाई बचाइने भन्दै यसको सुनिश्चितताका लागि आफू दुवै पक्षसँग काम गर्न तयार रहेको बताएका छन् ।
हालै युक्रेनमा फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन, बेलायती प्रधानमन्त्री केयर स्टारमर, जर्मन चान्सलर फ्रेडरिक मर्ज र पोल्याण्डका प्रधानमन्त्री डोनाल्ड टस्कले युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई भेटेका थिए। बैठकपछि, चार नेताहरूले संयुक्त विज्ञप्ति जारी गर्दै ३० दिनका लागि बिना सर्त युद्धविरामको लागि अपील गरे। उनले रुसको कुनै पनि सर्त स्वीकार गर्नु युद्धलाई तान्नु र कूटनीतिलाई कमजोर पार्नु बराबर हुने पनि बताए।
ट्रम्प यसअघि पनि राष्ट्रपति पुटिन र जेलेन्स्कीले मिलेर यो युद्ध अन्त्य गरेको चाहन्थे। ट्रम्पले यसलाई मूर्खतापूर्ण युद्ध भने र दुवै देशलाई शान्ति पुनर्स्थापित गर्न आग्रह गरेका छन् । अर्कोतर्फ, रुसी रक्षा मन्त्रालयले युक्रेनी सेनाले कुर्स्क र बेल्गोरोड जस्ता सीमावर्ती क्षेत्रमा रुसी सीमा उल्लङ्घन गर्ने प्रयास तीव्र पारेको आरोप लगाएको छ। यद्यपि, अब युद्धविरामसम्बन्धी मुद्दा समाधान भइसकेको छ।
प्रतिक्रिया