काठमाडौं । नेपाली राजनीतिमा कमल थापा अवसरवादी चरित्रका कारण सधैं चर्चामा रहन्छन् । आफ्नो स्वार्थका लागि जे पनि गर्न माहिर थापा समयअनुसार चल्न माहिर छन् । तर त्यसका लागि पद हुनै पर्छ । पदविना उनी बस्नै सक्दैनन् ।
२०७८ मंसिर १६–१९ गते राप्रपाको महाधिवेशन हॅुदै थियो । भृकुटीमण्डप थियो महाधिवेशनस्थल । महाधिवेशनका बेला आफूले नै फेरि अध्यक्ष जित्ने उनको दाबी थियो । तर खेल उल्टियो । राजेन्द्र लिङ्देनले थापालाई पराजित गरे । त्यसपछि कमल थापा आफूलाई निर्मल निवासले हराएको भन्दै हिँड्न थाले । कति भने अध्यक्षमा पराजित भएपछि उनले राप्रपा नै त्यागिदिए । उनले अब राजतन्त्र कहिल्यै नबोक्ने भनेर घोषणा नै गरे ।
पदविना बस्नै नसक्ने थापाले पहिलेको राप्रपा नेपाल अरुकै नाममा दर्ता भए पनि कब्जा गरे र अध्यक्ष बने । अहिलेसम्म उनी राप्रपा नेपालको अध्यक्ष छन् । तर २०७९ को आमनिर्वाचनमा उनी राप्रपा नेपालको चुनाव चिन्हबाट उठेनन् । एमालेको सूर्य चुनाव चिन्ह लिएर उठे । तर, पराजित बने । उनलाई राप्रपाका दीपकबहादु्र सिंहले हराइदिए । राजतन्त्रको नामै सुन्न नचाहने कमल थापा अहिले ज्ञानेन्द्र शाहकै दौराको फेर समातेर राजनीतिको वैतरणी तर्न लागेका छन् । उनी राप्रपासहित विभिन्न राजावादी घटकसँग मिलेर राजतन्त्र फर्काउने अभियानमा लागेका छन् ।
यसैक्रममा उनी आइतबार चाबहिलस्थित राप्रपाको पार्टी केन्द्रीय कार्यालय पुगे । राजसंस्था पुनःस्थापनाको लागि संयुक्त आन्दोलनको मिति घोषणा भएपछि तीन वर्ष सात महिनापछि राप्रपा नेपालको अध्यक्षको रुपमा उनी राप्रपा केन्द्रीय कार्यालय पुगेका थिए । उनलाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले स्वागत गरेका थिए । तीन वर्ष सात महिनापछि फेरि राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यालयमा पुग्दा अत्यन्तै हर्ष र गौरवको अनुभूति भएको उनले उल्लेख गरेका छन् । राप्रपामा अधिकांश पुराना नेता डेट एक्सपायर भइसकेकाले कतै फेरि राप्रपाको कमान्ड सम्हाल्न पाइन्छ कि भन्ने उनमा आश रहेको राप्रपा नेता कार्यकर्ताको आशंका छ ।
प्रतिक्रिया