चर्चित अभिनेता प्रदीप खड्काले खोले कफी सफ, १५ वटा आउटलेट खोल्ने लक्ष्य


काठमाडौं । पछिल्लो पुस्ताका चर्चित अभिनेता प्रदीप खड्का पनि कफी सप व्यवसायमा प्रवेश गरेका छन् । उनले मैतीदेवीस्थित मैतीदेवी मन्दिर नजिक प्याराडाइज बेक एन्ड ब्रिउ कफी सप खोलेका हुन् ।

बुद्ध पूर्णिमा (बुद्ध जयन्ती) को अवसर पारेर सोमबार उनले प्याराडाइज बेक एन्ड ब्रिउ कफी सप सञ्चालनमा ल्याएका छन् । कफी सपको भव्य उदघाटनपछि अभिनेता खड्काले देशभर १५ वटा आउटलेट खोल्ने योजना बनाएका छन् । उनले तीन वर्षअघि नै प्याराडाइज गार्डेन रेस्टरेन्ट एन्ड इभेन्ट सञ्चालनमा ल्याएका थिए ।

प्रदीपलृे सिनेमामा अभिनयसँगै व्यवसायलाई पनि सँगसँगै लैजाने योजना बनाएका छन् । उनी अभिनित ‘एक्लो’ चलचित्र क्यान्स फिल्म फेस्टिबलमा प्रिमियर हुँदैछ ।