काठमाडौं – संघीय संसदअन्तर्गतका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक बस्दैछन्। नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा मंगलबार बिहान ११ बजे प्रतिनिधिसभा र दिउँसो १ बजेर १५ मिनेटमा राष्ट्रिय सभा बैठक बस्दैछ।
दुवै बैठकमा आर्थिक वर्ष ०८२–८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) छलफल प्रारम्भ हुने कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वैशाख २८ गते विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए। नीति तथा कार्यक्रम पारित भएलगत्तै बजेटमाथिको छलफल प्रारम्भ भएको हो । विगतमा पहिले प्रि–बजेटमाथि छलफल हुने गथ्र्यो । तर यसपटक भने नीति तथा कार्यक्रम पारित भएपछि मात्रै बजेटमाथि छलफल प्रारम्भ भएको हो ।
प्रतिक्रिया