विजयले ३५ दिनमा सके ‘जनै हराएको बाहुन’को छायांकन



फिल्म ‘जनै हराएको बाहुन’को छायांकन सकिएको छ । काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेमा यो फिल्मको छायांकन गरिएको हो ।

निर्माणटिमले फिल्मको छायांकन सकिएको अवसरमा इन्डक्ल्याप पार्टीको आयोजना गरेको छ । जहाँ, फिल्मको टिम, पत्रकार र विभिन्न क्षेत्रका मानिसहरुको उपस्थिती थियो ।

फिल्मको छायांकन सबैको साथले अपेक्षा गरिएअनुसार नै सकिएको र दर्शकले भदौमा एउटा राम्रो फिल्म हेर्न पाउने विश्वास निर्देशक हिमाल न्यौपानेले लिएका छन् । यो फिल्मले आमा र छोराको कथा भन्नेछ । फिलमका एसोसियट निर्देशक मनिष राउत हुन् ।

फिल्ममा विजय बराल, केकी अधिकारी, मिरुना मगर, गौरव पहारी, सुशांक मैनाली, भोलाराज सापकोटा, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापा लगायतका कलाकारहरुको अभिनय छ ।

पेपरक्लिप प्रोडक्सनको ब्यानरमा निर्माण भएको यो फिलममा कमल न्यौपाने र विमल न्यौपानेको लगानी छ । फिल्ममा आरेक मानन्धर, रुपेश लामा, सिआर बस्नेत र फिलिप डीसी सह–निर्माताको रुपमा छन् ।

फिल्मको कथा, पटकथा तथा संवाद भानुभक्त ढकालको छ । दिनेश बहादुर राउत मुख्य सहायक निर्देशक रहेको यो फिल्ममा तर्कराज न्यौपाने, रविन्द्र नेपाल, मोनिका थापा र आकाश केसी सहायक निर्देशकको रुपमा छन् ।

फिल्ममा प्रशान्त सिवाकोटी, एसडी योगी, थानेश्वर गौतम, अर्जुन पोखरेलको संगीत, नवीन गुरुङको डीओपी, कृष्ण परियारको छायांकन छ । फिल्मलाई तीजको अवसरमा रिलिज गर्ने तयारी निर्माणपक्षको छ ।