काठमाडौं । सोमबार अपराह्न एक्कासि परेको अविरल वर्षापछि आएको बाढीले डाइभर्सन बगाउँदा अबरुद्ध बनेको बिपी राजमार्ग १६ घन्टापछि सञ्चालनमा आएको छ । बीपी राजमार्गको हिजो बगाएको सडकखण्ड मर्मत गरेर मंगलबार मध्यान्हदेखि सडक पूर्ण रुपमा सञ्चालमा आएको हो ।

प्रहरीका अनुसार अर्को ठूलो पानी नपरुन्जेल यात्रुले चिन्ता लिनुपर्दैन। यद्यपि अप्ठ्यारो सडक र यातायात चापका कारण घन्टौं जाममा बस्नुपर्ने बाध्यता छ ।

मंगलबार बिहानैदेखि सो राजमार्ग हुँदै सञ्चालनमा आएका सवारीसाधन जाममा बसेका थिए । करिब दुई किलोमिटर लामो सवारीसाधनको जाम भएको स्थानीय बताउँछन् । गत असोज १२ गतेको बाढीले बीपी राजमार्गको माम्ती सडकखण्ड पूरै बगाएको थियो । त्यहाँ अहिले अस्थायी डाइभर्सन बनाइएको छ । एकछिनको पानीपछिको बाढीले १६ घन्टासम्म सडक अवरुद्ध भएपछि बर्खामा के होला भन्ने चिन्ता थपिएको छ ।

प्रतिक्रिया