नेपाली भूमिमा एकपक्षीय ढंगले तटबन्ध निर्माण गरेको विरोधमा भारतीय दूतावास अगाडि प्रदर्शन


काठमाडौं । नेपाली भूमि भारततिर पार्ने बद्नियतले भारत सरकारले महाकाली नदीमा एकपक्षीय रूपमा तटबन्ध निर्माण गरिरहेको विरुद्ध ‘ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा’ र ‘ग्रेटर नेपाल कम्युनिस्ट पार्टी’ ले मंगलबार लैनचौरस्थित भारतीय दूतावास अगाडि प्रदर्शन गरेको छ।

‘ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा’ का संयोजक फणिन्द्र नेपालको नेतृत्वमा प्रदर्शन भएको हो ।