काठमाडौं । प्रतिनिधिसभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल कर्मकाण्डी बनेको छ । संघीय संसदको प्रतिनिधिसभा र राष्ट्रिय सभामा मंगलबारदेखि विनियोजन विधेयकमाथि छलफल प्रारम्भ भएको हो । विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफलका क्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल कुर्सीमै निदाएका छन् ।

उनी आफैँले प्रतिनिधिसभामा आइतबार विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए । तर छलफलका क्रममा भने उनी निदाएका हुन् । सासदहरूले आफ्ना धारणा राख्ने क्रममा पौडेल बारम्बार निदाएका हुन् । आफू निदाएको फोटो खिचेको थाहा पाएपछि उनी मुस्कुराउँदै जुरुक्क उठेका थिए । प्रि–बजेट छलफलमा सांसदहरूको उपस्थिति निकै न्यून देखिएको छ । प्रतिनिधिसभाका कुर्सीहरु खाली जस्तै देखिएका छन् ।
प्रतिक्रिया