नेपाली फिल्म निर्माणको सुरुवात भएको ६ दशकपछि फिल्म क्षेत्रले इनडोर फिल्म स्टूडियो पाउने भएको छ ।
४२ रोपनी जग्गामा निर्माण हुन लागेको अत्याधुनिक सुविधासम्पन्न इनडोर फिल्म स्टूडियोको प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका छन् ।
काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० मा निर्माण हुन लागेको फिल्म स्टुडियोको प्रधानमन्त्रीले शिलान्यास गरेका हुन् ।
यो स्टुडियोको नाम ‘सिनेपाः’ राखिएको छ । प्रधानमन्त्री ओलीले फिल्म स्टुडियो उद्घाटनलाई फिल्म क्षेत्रका लागि यूग परिवर्तन भएको बताए ।
प्रधानमन्त्रीले ‘सिनेपाः’ नाम ब्रान्ड बनिसकेको बताए । यति लामो समयपछि बल्ल नेपाली फिल्म क्षेत्रले स्टुडियो पाउन लागेको बताउँदै ओलीले विगतका सरकारले काम नगर्दा अहिले बल्ल काम अगाडि बनेको बताए ।
कार्यक्रममा विशिष्ट अतिथीको रुपमा संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, सांसद गोकुल बाँस्कोटा लगायतको उपस्थिती थियो । फिल्म क्षेत्रका २ सय भन्दा फिल्मीकर्मीहरुको उपस्थिती कार्यक्रममा थियो ।
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले सकारात्मक सोच राखेर काम अगाडि बढाउँदा हरेक कुरा सम्भव हुने बताए ।
बनेपा नगरपालिकाको वडा नम्बर १० र १३ मा यो स्टुडियो बन्नेछ । आउँदो वर्ष भित्र तयार हुने भनिएको यो स्टुडियो ३९ करोडको बजेटमा बन्नेछ ।
ठेक्का प्रक्रिया स्विकृत गरेसँगै अहिले निर्माण प्रक्रिया पनि अगाडि बढिसकेको छ ।
प्रतिक्रिया