सुरु भयो ‘जारी २’को छायांकन



फिल्म ‘जारी २’को छायांकन सुरु गरिएको छ । यो फिल्मको छायांकन पाँचथरबाट सुरु गरिएको हो ।

फिल्मका मुख्य कलाकारद्धय दयाहाङ राई र मिरुना मगरले मुहुर्त सर्ट दिएका थिए । फिल्मको छायांकन मंगलबारबाट सुरु भएको हो ।

उपेन्द्र सुब्बाको लेखन तथा निर्देशनमा यो फिल्म निर्माण हुँदैछ । फिल्मको प्रदर्शन मिति दशैंलाई तय गरिएको छ । फिल्मको छायांकन पाँचथरबाट सुरु गरिएको हो ।

यो फिल्ममा दयाहाङ राई, विजय बराल, मिरुना मगर, वुद्दि तामाङ, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, बिष्णु मोक्तान, कमलमणी नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, वेदना राई, सिर्जना निङ्लेखु लगायतका कलाकारहरुको अभिनय रहनेछ । बाँसुरी फिल्मस् र कबड्डी फिल्मस्को व्यानरमा निर्माण हुने फिल्ममा रामबाबु गुरुङको लगानी छ । फिल्मलाई उपेन्द्र सुब्बाले लेखन तथा निर्देशन गरिरहेका छन् ।

‘जारी’ वि.सं २०८० सालमा रिलिज भएको फिल्म हो । यो फिल्मले बक्स अफिसमा १७ करोडको ग्रस कलेक्शन गरेको थियो ।
यो फिल्मले यसपटक कस्तो कथालाई पर्दामा उतार्दैछ भन्ने खुलेको छैन । तर, माओवादी जनयुद्धको कथालाई फिल्मले पर्दामा उतार्न लागेको वुझिएको छ ।