प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, गभर्नर नियुक्ति सिफारिस समिति सदस्य नियुक्त गर्ने


काठमाडौं । प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक बुधबार साँझ ६ बजे सिंहदरबारमा बस्नेगरी बोलाइएको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।

सोमबार सार्वजनिक बिदा भएकाले सो दिन मन्त्रिपरिषद्को नियमित बैठक बस्न सकेको थिएन । आजको बैठकमा नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिको सदस्य नियुक्त गर्ने सम्भावना छ । यसअघि समितिका सदस्य विश्व पौडेलले राजीनामा दिएपछि सदस्य पद खाली छ । उनको राजीनामासँगै गभर्नरमा उनकै नाम चर्चामा छ । तर पौडेललाई गभर्नर बनाउन नहुने र समिति सदस्य महाप्रसाद अधिकारीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेकाले झन् गिजोलिएको छ ।

सत्ता साझेदार कांग्रेसले गभर्नर नियुक्ति प्रक्रिया छिटो बढाउन प्रधानमन्त्री ओलीमाथि दबाब बढाइरहेको छ । गृहमन्त्री रमेश लेखकले मंगलबार विराटनगरमा गभर्नर नियुक्ति प्रक्रिया निकै अघि बढिसकेको बताएका छन् ।