मखनमा दुईवटा घरमा लागेको आगो निभाइयो, एक महिलाले गुमाइन् ज्यान


काठमाडौं । काठमाडौँ महानगरपालिका–२४ मखनटोलमा बुधबार बिहान ग्यास चुहिएर लागेको आगो निभाइएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार दुईवटा घरमा लागेको आगो निभाइएको हो।

घटनास्थलबाट अन्दाजी ७० वर्षकी महिलाको शव निकालिएको छ। मखन टोलस्थित दयाराम श्रेष्ठको घरमा एक्कासि लागेको आगो जोडिएको घरमा समेत सल्केको थियो ।

प्रहरीका अनुसार ग्याँस लिक भएर आगलागी भएको हो । कच्ची घरमा लागेको आगो सँगैको रुकेश श्रेष्ठको पक्की घरमा समेत सल्केको छ । आगो निभाउन काठमाडौं र ललितपुर महानगरका दमकलसँगै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, महानगर प्रहरी, स्थानीय खटिएका थिए । मखन टोलमा दमकल छिर्न निकै गाह्रो भएकाले आगो नियन्त्रणमा ल्याउन समय लागेको हो ।