सकम्बरीले गरिन् प्रेमीसँग इन्गेजमेन्ट



‘सकम्बरी’ उपनामले परिचित कलाकार तथा मोडल कुसुम शर्मा वैवाहिक जीवनमा बाँधिएकी छिन् । उनले, चितवनमा मंगलबार प्रेमी विश्व अधिकारीसँग इन्गेजमेन्ट गरिन् ।

सामाजिक संजालमा आफैले भिडियो शेयर गर्दै उनले वैवाहिक जीवनमा बाँधिन लागेको जानकारी दिइन् ।

कुसुमलाई अहिले सामाजिक संजालमा बधाइको ओइरो पनि लागिरहेको छ । विश्व र कुसुम केही समयदेखि प्रेममा थिए ।

उनीहरुको सामाजिक संजालमा टिकटक भिडियोहरु पोष्ट गर्दै आएका थिए । उसो त कुसुमको बिहे फागुनमा हुने चर्चा समेत थियो ।
कुसुमले फिल्म ‘वर एण्ड वधु’मा काम गरिसकेकी छिन् । अन्य केही फिल्म पनि उनको लाइनमा छन् । तर, उनलाई दर्शकले ‘सकम्बरी’ गीतबाट बढी चिनेका हुन् ।