काठमाडौं – आज बुधबारका लागि बोलाइएको मन्त्रिपरिषद बैठकको समय र स्थानमा परिवर्तन गरिएको छ। पहिले राति ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भनिएको बैठक अब साँझ ६ बजे सिंहदरबारमा हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
बैठकमा गभर्नर सिफारिसका लागि गठित समितिका सदस्य डा. विश्व पौडेलले दिएको राजीनामा स्वीकृत गर्ने र नयाँ सदस्य नियुक्त गर्ने सम्भावना रहेको छ।
यसैबीच, गभर्नर नियुक्तिको विषयमा नेपाली कांग्रेस र नेकपा एमालेबीच सहमति जुट्न नसक्दा प्रक्रिया थप जटिल बन्दै गएको छ।
प्रतिक्रिया