काठमाडौं । कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । प्रमुख सचेतक श्याम घिमिरेका अनुसार शनिबार दिउँसो २ बजे बैठक बस्नेछ ।
‘कांग्रेस संसदीय दलको दलको बैठक जेठ ३ गते दिनको २ बजे बस्ने संसद भवन ल्होत्से हल नयाँबानेश्वरमा बस्ने भएकोले अनिवार्य उपस्थितिको लागि जानकारी गराइन्छ,’ प्रमुख सचेतक घिमिरेले पठाएको सूचनामा उल्लेख छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिन्धुपाल्चोक २ बाट निर्वाचित सांसद मोहनबहादुर बस्नेतविरुद्ध बिहीबार बिहान भ्रष्टाचार मुद्दा दर्ता गरेलगत्तै कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो । बस्नेतले क्षेत्राधिकार बाहिर गएर नेपाल दूरसञ्चार प्राधिकरणका लागि टेरामक्स खरिद गर्ने निर्णय गरेको अख्तियारको दाबी छ ।
प्रतिक्रिया