दादा साहेब फाल्केको बायोपिक बनाउँदै हिरानी, खेल्दै आमिर



फिल्म ‘डंकी’पछि निर्देशक राजकुमार हिरानीले नयाँ फिल्म निर्देशन गर्ने भएका छन् । उनले, दादासाहेब फाल्केको बायोपिक फिल्ममा काम गर्न लागेका हुन् ।

यो फिल्मको ४ वर्षदेखि कथा लेख्ने काम चलिरहेको थियो । फिल्मको शिर्ष भूमिकामा नायक आमिर खान देखिदैछन् ।

बलिउडमा आमिर र हिरानीको जोडीलाई सुपरहिट मानिन्छ । उनीहरुले ‘थ्री इडियट्स, पिके’ जस्ता फिल्म विश्व बजारमा दिएका छन् । अब, यी दुई फेरि एकसाथ काम गर्न तयार भएका हुन् ।

फिल्मले दादा साहेब फाल्के र उनले बलिउडका लागि गरेको योगदानको कथा भन्नेछ । फिल्मको छायांकन अक्टुवरबाट सुरु गरिने भारतीय मिडियाले उल्लेख गरेका छन् ।

आमिरको नयाँ फिल्म ‘सितारे जमिन पर’ रिलिजको क्रममा छ । यो फिल्म रिलिज भएपछि आमिरले हिरानीको फिल्मको काम सुरु गर्नेछन् ।