चलचित्र विकास बोर्डमा विरेन्द्र नियुक्त



चलचित्र विकास बोर्डको सदस्य पदमा विरेन्द्र भट्टलाई नियुक्त गरिएको छ । उनलाई संचार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्री स्तरीय निर्णयले उनलाई बिहिबार सदस्य पदमा नियुक्त गरेको हो । उनलाई संचारमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहिबार नै नियुक्त पत्र दिएका छन् ।

चलचित्र विकास बोर्डमा आफूले केही काम गर्ने भट्टको भनाई छ । भट्टले बोर्डमा रहेर नेपाली फिल्म क्षेत्रको प्रवद्र्धन, नीति निर्माण र डिजिटल माध्यममार्फत विश्वव्यापी प्रचारप्रसारको कार्य गर्ने बताएका छन् ।

उनी लामो समयदेखि नेपाली फिल्म क्षेत्रको प्राविधिकको रुपमा कार्यरत छन् । भट्टले ‘धुन, आरोप, चिहान’ लगायतका आधा दर्जन फिल्मको छायांकन गरेका छन् ।

विकास बोर्डमा अझै एक सदस्य खाली नै छन् । यसअघि विकास बोर्डमा सन्तोष बाबु लोहनी सदस्यको रुपमा नियुक्त भइसकेका छन् ।