नयिका नीति शाहले फिल्म ‘मोहर’का सेटबाट कलाकारहरुलाई धन्यवाद दिएकी छिन् । यो फिल्मको एक गीतको छायांकन अहिले धमाधम चितवन र नवलपरासीमा भइरहेको छ । तातो घाममा काम गरिरहेका कोरसहरुलाई देखेपछि नीति भावुक बनेकी हुन् ।
कोरसहरुप्रति समर्पित भन्दै नीति लेख्छिन्–‘हामी कलाकारहरुले सेटमा केही सुविधा पाउने सौभाग्य पाउँछौं । घाममा छायाँ दिने छाता समात्ने स्पष्ट ब्बाई, चिसोमा ज्याकेट ल्याउने कोही, वा ‘कट’ पछि तुरुन्तै उपलब्ध हुने पानी, चिसो ड्रिक र कुर्सी । मसँगै धेरै म्युजिक भिडियो वा फिल्मको अनुभव त छैन, तर आजको दिन एकदम आँखा खोल्ने खालको अनुभव रह्यो । ३७ डिग्रीको तापक्रममा नदीको किनारमा निर्विश्राम नाचिरहेकाहरुलाई हेर्दा मलाई साँच्चै महशुश भयो । उनीहरुको कति गाह्रो रहेछ । म आफू त्यहाँ उभिएको मात्रै हुँदा पनि अपराधी जस्तो महशुश भइरहन्थेँ विशेष गरेर मैले स्टेप बिगार्दा वा क्यामेरा एङ्गल मिलने भने फेरि फेरि नाच्नुपर्दा । धेरैजसोले सोच्ने गर्छन्, हाम्रो काम अभिनय सजिलो छ र स्क्रिनमा हेर्दा सबै कुरा यति सरल र सुन्दर देखिन्छ । तर, त्यो केही सेकेन्डको पर्फेक्सन पछाडि सम्पुर्ण फिल्म टोलीको कति धेरै पसिना, मिहिनेत र समर्पण लुकेको हुन्छ भन्ने कुरा देखिँदैन ।’
नीतिले आफ्नो पछाडि नाच्ने कोरसहरुको दुःखमा आफू सधै साथ रहेको पनि उल्लेख गरेकी छिन् ।
उनले, आफू यस्तो अद्भुत टिमको साने हिस्सा हुन पाउँदा आफूलाई भाग्यमानी ठानेको पनि बताएकी छिन् ।
नीतिले अभिनय गरेको फिल्म ‘मोहर’ साउनको २३ गतेबाट रिलिजमा आउँदैछ । यस्तै, उनले नै अभिनय गरेको अर्को फिल्म ‘नरसिंहाः अवतार’ जेठको ९ गतेबाट रिलिजमा आउँदैछ ।
ओम प्रतिकको लेखन तथा निर्देशनमा तयार भइरहेको फिल्म ‘मोहर’लाई चुम्बन जंग शाहीले निर्माण गरेका हुन् ।
प्रतिक्रिया