फिल्म ‘लालीबजार’ निर्माण हुने भएको छ । दशैंपछि छायांकनमा जान लागेको यो फिल्मको आज औपचारिक रुपमा निर्माणको घोषणा गरिएको छ ।
‘जात्रा’ श्रृङ्खलामार्फत स्थापित भएको व्यानर षट्कोण आर्टस्ले यो फिल्म निर्माणको औपचारिक घोषणा गरेको हो ।
‘जात्रा, जात्रै जात्रा, महापुरुष र महाजात्रा’ निर्माण गरेको यो टिमले पहिलो पटक बाहिरी व्यानरसँग टिमअप गर्न लागेको हो ।
फिल्मका लेखक तथा निर्देशक यम थापा हुन् । फिल्मलाई रविन्द्रसिंह बानियाँ र म्याक्स दीपेश खत्रीले निर्माण गर्दैछन् भने कार्यकारी निर्माता प्रदीप भट्टराई हुन् ।
फिल्मका निर्माता बानियाँले षट्कोण आर्टस्ले स्क्रिप्टकै खोजी गर्ने क्रममा निर्देशक थापासँग सहकार्य गर्न लागेको बताए ।
फिल्मको पोष्टर रोयल भिमसेनले तयार पारेका हुन् । फिल्मको पोष्टर हेर्दा कथा लुकेको आभाष गर्न सकिन्छ ।
पोष्टरमा एक पुरानो परम्परागत चुरालाई फूलको बुट्टासहितको गोलो आकारमा स्केच गरिएको छ । यो गोलाकार चुराभित्र, एउटा चम्किलो रातो लिपिस्टक ठाडो अवस्थामा छ भने एउटा गोली तेर्सो परेर लडिरहेको देखिन्छ ।
फिल्मका लागि कलाकार कोही पनि फाइनल गरिएको छैन । कलाकारहरुको छनोट प्रक्रिया अगाडि बढेको निर्माणपक्षले बताएको छ ।
प्रतिक्रिया