‘नरसिंहाः अवतार’को ‘मेरी प्यारी छोरी’ गीत रिलिज, राजेश र एल्भिनाको आत्मियता



फिल्म ‘नरसिंहाः अवतार’को नयाँ गीत आज सार्वजनिक भएको छ । मार्मिक शब्दमा तयार भएको यो गीतले बाबु र छोरीको कथा प्रस्तुत गरेको छ । ‘मेरी प्यारी छोरी’ बोलको गीतमा स्वरुपराज आचार्यको स्वर, मुक्त उदासको शब्द, अर्जुन पोखरेलको संगीत छ ।

सार्वजनिक गीतको भिडियोमा नायक राजेश हमाल, नायिका नीति शाह र बाल–कलाकार एल्भिना खड्कालाई फिचरिङ गरिएको छ । गीतमा एल्भिनाप्रति राजेशको प्रेम, नीति शाहसँगको प्रेमभावलाई प्रस्तुत गरिएको छ ।

दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा राजेश हमाल, नीति शाह, राज कटुवाल, सनिषा भट्टराई, नीर शाह, प्रशान्त ताम्राकार, सरोज खनाल, रमेश चन्द सोडारी, राजिभ जंग बस्नेत, दीपा शाही लगायतका कलाकारहरुको अभिनय छ ।

यो फिल्मको पहिलो गीत ‘अच्छा लेकिन’ चर्चामा छ । फिल्मको ट्रेलरले पनि दर्शकको साथ पाइरहेको छ । अब, यो गीतपछि फिल्मप्रति दर्शकको चासो र आकर्षण अझै बढ्ने अपेक्षा गर्न सकिन्छ । फिल्ममा नेम महर्जन, नरेन्द्र महर्जन, दीपक प्रसाद ढकाल र ध्रुव न्यौपानेको लगानी छ ।

फिल्म ‘नरसिंहाः अवतार’को यो गीतमा रामजी लामिछानेको कोरियोग्राफी छ । चन्द्र पन्तको कथा रहेको यो फिल्ममा राजु तामाङको एक्सन, राजु थापाको डीओपी, साहिल खान र मिलन श्रेष्ठको सम्पादन छ ।