प्रचण्डको फोनलगत्तै जनार्दन शर्मा किन पुगे देउवा भेट्न ?


काठमाडौं । माओवादी उपमहासचिव जनार्दन शर्माले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपछि पार्टीको नेतृत्व लिने तयारी थालेका छन् । पार्टीले मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान सुरु गरे पनि शर्मा भने सहभागी छैनन् । उनी काठमाडौंमै छन् । पार्टीका वरिष्ठ नेताहरु बैतडी पुगे पनि शर्माले भने काठमाडौंमा राजनीतिक भेटघाटलाई तीव्रता दिएका छन् ।

शर्माले शुक्रबार सत्तारुढ कांग्रेस सभापति शेरबहादुर देउवालाई उनकै निवास बुढानिलकण्ठ पुगेर भेटघाट गरेका छन् । ‘पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग देशको समसामयिक राजनीतिक परिस्थितिबारे छलफल भयो,’ शर्माले भने।

माओवादीले मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान सुरु गरेकै दिन डडेलधुरा पुगेका प्रचण्डले देउवालाई फोन गरेका थिए। प्रचण्डले फोन गरेलगत्तै देउवालाई भेट्न शर्मा बुढानिलकण्ठ पुग्नुले राजनीतिमा केही खिचडी पाक्न थालेको हो कि भन्न अनुमान गर्न थालिएको छ । अहिलेसम्म शर्मा यसरी शीर्ष नेतालाई भेट्न जाने गरेका थिएनन् ।