कारागारमा रहेका रवि लामिछानेलाई दाजु हरिशरणले भने– हामी अझै जिउँदै छौं भाइ !


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका दाजु हरिशरण लामिछानेले आफू अझै जिउँदै छौं भनेका छन् । सहकारी ठगी आरोपमा हाल भैरहवा कारागारमा रहेका रविलाई धेरैपछि ढाडस दिँदै हरिशरणले न्याय प्रक्रिया सरल गर्न राज्यलाई आग्रह गरेका छन् ।

हरिशरणले यो देशमा न्याय नै मरेछ भने पनि आफू अझै जिउँदै रहेको भन्दै उनले आश्वस्त पारेका हुन् । हरिशरण लामिछाने लेख्छन्, ‘यो देशमा न्याय नै मरेछ भने पनि याद गर भाइ हामी अझै जिउदै छौ। न्यायिक प्रक्रिया सरल गर ।’

रविविरुद्ध हाल विभिन्न जिल्ला अदालतमा सहकारी मुद्दा चलिरहेको छ । रुपन्देहीको बुटवलमा स्वर्णंलक्ष्मी सहकारी प्रकरणमा विभिन्न उजुरीकर्ताले आफूहरूले रविविरुद्ध प्रहरीमा उजुरी नहालेको भन्दै फेसबुकमार्फत सार्वजनिक गरिरहेका छन् । यही मेसोमा हरिशरणले रविलाई ढाडस दिएका हुन् ।