फिल्म ‘महाभोज’ जेठको १५ गतेबाट रिलिजमा आउँदैछ । यो फिल्मको ट्रेलर आज यसको निर्माणपक्षले सार्वजनिक गरेको छ ।
फिल्मको ट्रेलर रिलिज कार्यक्रममा अधिकांश कलाकारहरुको उपस्थिती थियो । यो फिल्मले सहकारीको कथा उठान गरेको छ । गाउँमा सहकारी खुलेपछि छाएको खुशीयाली र त्यसबाट पीडित बनेका जनताको कथा फिल्ममा समावेश छ । निर्माणपक्षले यो कथा भन्ने जोखिम गरेको छ ।
दिनेश राउतको निर्देशन र विकास सुवेदीको लेखनमा तयार भएको यो फिल्ममा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अन्जना बराइली, गौमाया गुरुङ, मलिका महत्त, मोहन निरौला, वसुन्धरा भुषाल लगायतका कलाकारहरुको यो फिल्ममा अभिनय छ ।
हिमाल कडरिया निर्माता रहेको फिल्मका कार्यकारी निर्माता किरण नेपाली हुन् । फिल्ममा राजेश श्रेष्ठको डीओपी, निमेष श्रेष्ठको सम्पादन, ताराप्रकाश लिम्बु, प्रशान्त सिवाकोटी, केतन र कोशीश क्षेत्रीको संगीत छ ।
फिल्म ‘महाभोज’को कथावस्तुले सहकारी पीडितहरुको कथा बोल्ने र देशको एउटा गम्भीर मुद्दा फिल्ममार्फत प्रस्तुत गरिएको निर्माणपक्षले बताएको छ ।
प्रतिक्रिया