नोराले तताइन् काठमाडौं



बलिउडकी डान्सर तथा नायिका नोरा फतेहीले काठमाडौंमा दर्शक झुमाएकी छिन् । शनिबार आयोजना भएको ‘नोरा फतेही लाइभ इन नेपाल’ कार्यक्रम काठमाडौंको हायात होटलको ग्राउन्डमा सम्पन्न भयो । उक्त कार्यक्रममा नोराले आफ्ना चर्चित गीतहरुमा नृत्य गरिन् ।

नोराका नेपालमा पनि हजारौं फ्यानहरु छन् । उनको डान्स हेर्नका लागि हायात होटलमा दर्शकको उपस्थिती ठिकै थियो । यो कार्यक्रमा गायक दुर्गेश थापा, डान्सर तेरिया मगर लगायतले पनि स्टेज तताएका थिए ।

नोराले दर्शकहरुसँग पनि साक्षात्कार गरिन् । उनीसँग नेपाली डान्सर गौरव सिटौलाले पनि स्टेजमा नाचे । गौरवलाई नोराले सामाजिक संजालमा चिनेकी थिइन् । उनले, स्टेजमा नै गौरवलाई बोलाएर नृत्य गरेकी थिइन् ।

नोरासँग २३ जनाको टिम नेपाल आएको थियो । नोरा आज दुवई फर्किएकी छिन् ।