नायिका दिव्या रायमाझीले फिल्म ‘राम नाम सत्य’ साइन गरेकी छिन् । उनी र फिल्मको निर्माणपक्षविच कागजी संझौता आइतबार भएको हो । माइकल चन्दको लेखन तथा निर्देशनमा बन्न लागेको यो फिल्ममा काम गर्न पाउँदा दिव्या उत्साहित देखिएकी छिन् ।
फिल्म साइन गरेपछि दिव्याले भनिन्–‘यो फिल्मको कथा वेजोड छ । मेरो भूमिका पनि निकै मन पर्यो । जसकाकारण, फिल्ममा काम गर्न तयार भएकी हुँ ।’
यो फिल्ममा यसअघि नै नायक विराज भट्ट र सुशील श्रेष्ठ फाइनल भइसकेका छन् । विराज र सुशीलसँग काम गर्न पाउँदा आफू उत्साहित रहेको दिव्याको भनाई छ ।
फिल्मको छायांकन साउनबाट सुरु गर्ने योजना निर्माणपक्षको छ । माइकल इन्टरटेन्मेन्ट हाउसको प्रस्तुतिमा तयार हुन लागेको यो फिल्ममा माइकल चन्दकै लेखन छ । उपेन्द्र शाही, स्वेता विमली र उत्तम गुरुङ फिल्मका निर्माता हुन् ।
फिल्ममा डाक्टर डीआर उपाध्याय र नरेन्द्र शाह कार्यकारी निर्माताको रुपमा छन् । अर्जुन पोखरेल र वावुल गिरीको संगीत रहने फिल्ममा सुशन प्रजापतिको छायांकन रहने पक्का भइसकेको छ ।
अब, केही कलाकारहरु फाइनल गरेर वर्कशप सुरु गर्ने निर्माणपक्षको भनाई छ । फिल्मलाई एक्सन, पारिवारिक, प्रेम र सस्पेन्स कथामा निर्माण गर्न लागिएको छ ।
दिव्याको हातमा फिल्मको राम्रो लाइनअप छ । ‘एक्टर टेक वान’बाट करिअर सुरु गरेकी दिव्याको फिल्म ‘पिताम्बर’ पनि निकै चर्चामा थियो ।
प्रतिक्रिया