वर्षाले साइन् गरिन् ‘महाराजधिराज’



नायक पल शाहको केन्द्रिय भूमिका रहने फिल्म ‘महाराजधिराज’मा नायिका वर्षा राउत पनि फाइनल भएकी छिन् । वर्षा र फिल्मका प्रस्तुतकर्ता विराज विष्टबिच कागजी संझौता भएको छ ।

दशैंको फूलपातिलाई प्रदर्शन मिति तय गरिएको यो फिल्ममा नायक पल शाह, आर्यन सिग्देल, रमेश उप्रेतीको साथमा नायिका वर्षा सिवाकोटी फाइनल भइसकेका छन् । फिल्ममा कलाकार जयकिशन बस्नेत पनि अनुवन्धित भइसकेका छन् ।

फिल्मको लाइनअप बलियो बन्दै गएको देख्न सकिन्छ । फिल्म क्षेत्रमा दुई वर्षाविच दुश्मनी छ भन्ने चर्चा छ । तर, अब यी दुई एकसाथ फिल्ममा देखिन लागेका छन् । यसले, चर्चा पाउने निश्चित छ ।

परिच्छेद सेनको लेखन तथा निर्देशनमा तयार हुन लागेको यो फिल्मका प्रस्तुतकर्ता विराज बिष्ट हुन् । जसले यसअघि फिल्म ‘बुलाकी’ निर्माण गरेका थिए ।

फिल्ममा टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवि खड्काको लगानी रहनेछ । फिल्मको छायांकन केही सातामै सुरु गर्ने तयारी निर्माताको छ ।