नायक प्रदीप खड्का र निर्देशक प्रदीप शाही फ्रान्समा आयोजना भइरहेको ‘कान्स फिल्म फेस्टिभल २०२५’को रेड कार्पेटमा हिडेका छन् ।
‘मार्चे दु फिल्म’ भनिने कान्स मार्केटमा संभवतः पहिलो पटक नेपाली फिल्मले स्टल नै खडा गरेर फिल्मलाई अन्तरराष्ट्रिय वितरक, सेल्स एजेन्ट र निर्माताबिच ‘पिचिङ’ गरिएको हो ।
यस्तै, ‘कान्स मार्केट’मा फिल्मका निर्माताहरु रितेश राना, संगीता श्रेष्ठ, भाइराजा थापा, राजु गुरुङ, उत्सव विष्ट सहभागी भए । यस्तै, फिल्मकी कोपरेटिभ डिरेक्टर रिश्ता कार्की बजारीकरण प्रमुखको रुपमा सहभागी भएकी छिन् ।
महोत्सवमा राखिएको फिलमको स्टलमा नेपालको झण्डा समेत राखिएको छ । निर्देशक शाहीले यसवर्षको कान्समा नेपाल र ‘एक्लो’ फिल्मलाई जोड्न खोजेको बताए ।
यो फिल्म क्षेत्रका लागि एउटा ठूलो उपलब्धी रहेको मान्न सकिन्छ ।
साइन्स फिक्सन जनरामा निर्माण भएको यो फिल्ममा प्रदीप खड्का, बेनिशा हमाल, विजय लामा, सुनील थापा, दिया पुन, दिनेश डीसी, सुरज सिंह ठकुरी, एवनराज उप्रेति, कविता नेपाली, त्रिचु राई, कृष्णभक्त महर्जन लगायतका कलाकारहरुको अभिनय छ ।
विनोद सुवेदी ‘क्षितिज’ कार्यकारी निर्माता रहेको यो फिल्मको नेपालमा रिलिज चाडै नै गरिने निर्माणपक्षले बताएको छ ।
प्रतिक्रिया