नेपालको ऐतिहासिक जित: महिला टिम ग्लोबल छनोटमा


काठमाडौं — नेपालले पहिलो पटक आईसीसी महिला टी-२० विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने ऐतिहासिक सफलता हासिल गरेको छ।

सोमबार भएको सुपर ३ चरणको महत्त्वपूर्ण खेलमा यूएईलाई ५ विकेटले पराजित गर्दै नेपालले यो उपलब्धि हात पारेको हो।

यूएईले दिएको ११५ रनको लक्ष्य नेपालले १९ ओभर ३ बलमा ५ विकेट गुमाउँदै पुरा गर्‍यो। कप्तान इन्दु बर्मा ३० रनमा अविजित रहिन् भने पूर्वकप्तान रुबिना क्षेत्रीले २३ रनको योगदान दिइन्।