काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिट सोमबार पनि सर्वोच्च अदालतमा सुनुवाइ हुन सकेन। आजको पेसी पनि ‘हेर्न नमिल्ने’ इजलासमा परेपछि मुद्दा फेरि स्थगित भएको हो।
यसअघि, आइतबार न्यायाधीश मनोजकुमार शर्मा र सुनीलकुमार पोखरेलको इजलासले उक्त रिटको सुनुवाइ हेर्न मिल्ने इजलासमा तोक्न सर्वोच्च प्रशासनलाई आदेश दिएको थियो। सोही आधारमा आज प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीश नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा मुद्दा पेश गरिएको थियो।
तर, रवि लामिछानेको तर्फबाट वकालत गर्ने कानुन व्यवसायी प्रधानन्यायाधीश राउतका नजिकका आफन्त पर्ने भएकाले र प्रतिपक्ष पूर्वडीआईजी छविलाल जोशीका तर्फबाट वकालतनामा दिने वकिल न्यायाधीश पाण्डेयका आफन्त पर्ने देखिएकाले इजलासले मुद्दा हेर्न नमिल्ने घोषणा गरेको हो।
न्यायिक निष्पक्षता कायम राख्नका लागि यस्तो अवस्था आउने गर्छ, जसले गर्दा मुद्दाको सुनुवाइ फेरी अन्य ‘हेर्न मिल्ने’ इजलासमा तोकिने अपेक्षा गरिएको छ।
प्रतिक्रिया