काठमाडौं । कोशी प्रदेश सभाका चारजना सांसद चढेको गाडी मोरङको कानेपोखरीमा दुर्घटनामा परेको छ ।
सोमबार दिउँसो २ बजे पूर्वपश्चिम राजमार्गको मोरङको कानेपोखरी गाउँपालिका– ७ खण्डमा बेलबारीबाट झापातर्फ जाँदै गरेको बा५च ३५३० नम्बरको कार विपरीत दिशाबाट आउँदै गरेको बीएई १४०६ नम्बरको कारसँग ठोक्किएर दुर्घटना भएको हो ।
कारमा कोशी सांसद मैया श्रेष्ठ लावती, राधाकृष्ण खनाल, नम्बरलाल धिमाल र विद्या चाम्लिङ सवार थिए । उनीहरु कोशी प्रदेशसभा बैठकमा सहभागी हुन विराटनगर आउँदै थिए ।सांसद चढेको गाडी भने मैयाँ श्रेष्ठको रहेको बताइएको छ ।
बा५च ३५३० नम्बरको कारमा जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत डीएसपी खगेन्द्र खड्का सवार थिए । गाडी उनले चलाइरहेका थिए । डीएसपी खड्का निदाएर आफूहरू चढेको गाडीसँग ठोक्किएको सांसदहरूले आरोप लगाएका छन् ।
मोरङ प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले दुईवटै गाडीमा सवारको अवस्था सामान्य रहेको बताए ।
प्रतिक्रिया