काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापना नगरे देशबाट लेखेट्ने चेतावनी दिएका छन् । मंगलबार काठमाडौं महानगरपालिकाको एसआर पार्टी प्यालेसमा वृहत् सर्वदलीय तथा सर्वपक्षीय भेलामा उनले आफूहरू आफ्ना मान्यता स्थापित गर्न लागिपरेको भन्दै दुई दशकको गणतन्त्रलाई सत्याग्रहको बाटोबाट अन्त्य गर्ने दाबी गरे ।
आफूहरूको मागमा सम्झौता नगर्ने हो भने ठूला दलका नेताहरुलाई हेलिकप्टरबाट देश छोड्नका लागि मौका दिइने पनि बताए । राप्रपा नेपालका अध्यक्ष कमल थापाले जनतालाई सडकमा उतार्नुपर्ने र यसका लागि आफूहरूले खट्नुपर्नेमा जोड दिए। उनले आफूहरू राजनीतिक आमूल परिवर्तनको संघारमा रहेको बताउँदै आफूहरूले निर्माण गरेको पर्चा मात्र प्रत्येक घरमा पुर्याउन सके राजसंस्था पुनर्स्थापनाका लागि माहोल बन्ने दाबी गरे।
राजतन्त्र पक्षधर संयुक्त जन आन्दोलन समितिले जेठ १५ गतेदेखि अनिश्चितकालीन आन्दोलनको घोषणा गरेको छ । संवैधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्यसहितको बहुदलीय प्रजातन्त्र स्थापनाका लागि भन्दै समितिले निर्णायक आन्दोलनको घोषणा गरेको हो । आन्दोलन थाल्ने दिन नजिकिँदै जाँदा समितिले काठमाडौं जिल्लाका सबै पालिकामा भेला तथा आन्दोलन परिचालन समिति गठनको अभियान सुरु गरेको छ।
प्रतिक्रिया