काठमाडौं । प्रधानमन्त्री केपी ओली अस्वस्थ भएका छन् । स्वास्थ्य स्थितिमा समस्या उत्पन्न भएपछि प्रतिनिधिसभामा निर्धारित प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम स्थगित भएको छ । आज ११ बजे बस्ने बैठकमा प्रश्नोत्तरको कार्यसूची थियो । सभामुखका सञ्चार विज्ञ शेखर अधिकारीका अनुसार स्वास्थ्यको कारण प्रधानमन्त्री ओली उपस्थित हुन नसक्ने भएपछि आजको कार्यसूचीमा रहेको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम हटाइएको हो ।
प्रधानमन्त्री अस्वस्थ भएपछि सोमबार मन्त्रिपरिषदको नियमित बैठकसमेत स्थगित भएको थियो । सोमबार साँझ कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट्ने कार्यक्रम पनि ओलीले स्थगित गरेका थिए । सोमबार दिनभर ओली तीनवटा कार्यक्रममा भने सहभागी भई भाषणसमेत गरेका थिए । प्रधानमन्त्री ओलीलाई रुघाखोकी देखिएको छ ।
प्रतिक्रिया