फिल्म ‘जनै हराएको बाहुन’को प्रदर्शन मिति तय गरिएको छ । यो फिल्मको प्रदर्शन मिति भदौ ६ गते रिलिजमा आउने पक्का भएको छ । यो फिल्म पहिले भदौको १० गतेबाट रिलिजमा आउने पक्का भएको थियो । निर्माणपक्षले अब भदौ ६ लाई प्रदर्शन मिति तय गरेको छ ।
सार्वजनिक पोष्टरमा एक व्यक्ति सूर्यको दृश्य अगाडि उभिएको देख्न सकिन्छ । हवाइजहाज उडिरहेको देखाइएको छ । यसले, यो फिल्मले वैदेशिक रोजगारीको कथालाई उठान गरेको आभाष गर्न सकिन्छ ।
यो फिल्मले आमाको खोसिएको खुशी फर्काउनका लागि शहर पसेको एक युवाको कथा भन्छ ।
हिमाल न्यौपानेको डेब्यू निर्देशनमा तयार भएको फिल्मको एसोसियट निर्देशक मनिष राउत हुन् । फिल्मको छायांकन काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे लगायतका स्थानमा गरिएको छ ।
फिल्मले सम्बन्धका धागाहरुको कथा भन्ने निर्माणपक्षले बताएको छ । फिल्ममा विजय बराल, केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली लगायतका कलाकारहरुको अभिनय छ ।
पेपरक्लिप प्रोडक्सनको व्यानरमा निर्माण भएको यो फिल्मका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् । फिल्ममा भानुभक्त ढकालको लेखन, दिनेश बहादुर राउतको मुख्य सहायक निर्देशन छ ।
थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रशान्त सिवाकोटीको संगीत रहेको यो फिल्ममा नवीन गुरुङको डीओपी, कृष्ण परियारको छायांकन छ ।
प्रतिक्रिया