फिल्म ‘अँ बाट आमा’को निर्माण हुने भएको छ । यो फिल्मलाई चन्द्र पन्तले निर्देशन गर्ने पक्का भएको छ । फिल्मको थीम पोष्टर सार्वजनिक गर्दै निर्माणपक्षले फिल्म निर्माणको घोषणा गरेको छ ।
यो फिल्मको प्रदर्शन मिति पनि तय गरिएको छ । फिल्मलाई फागुनको १५ गतेबाट रिलिज गर्ने घोषणा यसको निर्माणपक्षले गरेको छ ।
सार्वजनिक गरिएको थिम पोसटरमा बच्चाले आमाप्रतिको माया दर्शाएको छ । रोइरहेकी आमालाई बच्चाले आँसु रोक्ने प्रयत्न गरेको थिम पोस्टरमा देख्न सकिन्छ । फिल्मले आमाप्रति सन्तानको मायालाई प्रस्तुत गर्ने निर्माणपक्षले बताएको छ ।
आर्या इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण हुन लागेको फिल्मको छायांकन भदौबाट सुरु हुनेछ । फिल्मका लेखक अभिमन्यू निरवी हुन् । फिल्मका कोही पनि कलाकार फाइनल गरिएको छैन ।
यसअघि फिल्म ‘ह्रस्व दीर्घ’ निर्देशन गरेर चर्चा कमाएका चन्द्र अब आमा र सन्तानबिचको कथा भन्ने तयारीमा छन् ।
प्रतिक्रिया