नेपाली फिल्मको निर्माणमा गती आइरहेको छ । फिल्महरु व्यापारिक रुपमा सफल देखिदा निर्माताहरुमा लगानीको हौसला समेत थपिएको हो ।
वैशाख महिनामा मात्र १८ फिल्मले निर्माणका लागि इजाजत लिनुले पनि यो कुराको पुष्टि गर्दछ । गतबर्ष मात्र सय बढी फिल्मले निर्माणको इजाजत लिएका थिए । हाल छायांकनमा भने थुप्रै फिल्म छन् भने पोष्ट प्रोडक्सनमा पनि स्टुडियोहरुलाई भ्याइनभ्याई नै छ ।
वैशाखमा इजाजत लिएका फिल्महरुमा ‘अग्नी परिक्षा, कस्तुरी, तिमी नै, अघोरी बाबा, गुरु, दुई किनारा, चोखो पानी, जेनेरेशन (बाउ भर्सेस छोरा), द ब्लु लाइट, गुड लक भैरे, किन लाग्छ माया, सिद्धार्थ, बुद्ध हुनुअघि, लुजर्स, अँ बाट आमा, महाकाव्य र लेखान्त’ छन् ।
फिल्म निर्माणमा नयाँदेखि पुराना सबै निर्माता कस्सिएको देखिन्छ । गतवर्ष केही फिल्मले व्यापारिक रुपमा सफलत पाएपछि यो वर्ष पनि फिल्मको इजाजत लिने ह्वात्तै बढेका हुन् ।
यो वर्ष रिलिजमा आएका फिल्ममध्ये ‘ऊनको स्विटर’ बक्स अफिसमा हिट भइसकेको छ । अब, दोस्रो हिट यो वर्षको कुन फिल्म हुनेछ प्रतिक्षा रहेन । यो वर्ष फिल्म निर्माण र प्रदर्शन बढ्दा रिलिज मितिमा पनि समस्या परिरहेको छ । जसकाकारण, एउटै मितिमा २ भन्दा बढी फिल्म हुने अवस्था छ ।
प्रतिक्रिया