काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएलगत्तै अर्थमन्त्री तथा गभर्नर सिफारिस समितिका संयोजक विष्णु पाैडेलले बैठक बोलाएका छन् । अर्थमन्त्री पौडेलले समितिका सदस्य महाप्रसाद अधिकारी र पोषराज पाण्डेलाई बैठकमा बोलाएका हुन् ।
समितिका एक सदस्यका अनुसार अर्थमन्त्रीले फोन गरेरै बैठकमा डाकेका हुन् । मंगलबार । ओली र देउवासँगै अर्थमन्त्री पौडेल र गृहमन्त्री रमेश लेखक पनि सहभागी भएका थिए । उनीहरुबीच डा. विश्व पौडेललाई नै गभर्नर बनाउने सहमति भएको बुझिएको छ ।
प्रतिक्रिया