काठमाडौं । गभर्नर सिफारिस समितिको बैठक सुरु भएको छ । अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा बसेको बैठकमा समिति सदस्य पूर्वगभर्नर महाप्रसाद अधिकारी र डा.पोषराज पाण्डे सहभागी छन् । अर्थमन्त्री एवं समिति संयोजक पौडेलले पहिलोपटक समितिको बैठक डाकेका हुन् ।
आजको बैठकले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि तीनजनाको नाम सिफारिस गर्ने छ । सोहीअनुसार मंगलबार बस्ने मन्त्रिपरिषद् बैठकले गभर्नर नियुक्ति गर्ने भएको छ ।
कांग्रेस र एमालेबीच डा.विश्व पौडेललाई गभर्नर बनाउने सहमति जुटिसकेको छ । मंगलबार प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीचको भेटवार्ताले गभर्नरमा सहमति जुटाएको हो ।
प्रतिक्रिया