काठमाडौं । डा. विश्वनाथ पौडेल नेपाल राष्ट्र बैंकको १८औं गभर्नर नियुक्त भएपछि खासगरी राजावादीलाई भाउन्न भएको छ । कांग्रेस, एमाले, माओवादीलगायतका ठूला दलले अर्थशास्त्री पौडेल गभर्नर नियुक्त भएकामा खुसी व्यक्त गरेका छन् । तर राजावादीले विद्वान अर्थशास्त्रीलाई पचाउन सकेका छैनन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता ज्ञानेन्द्र शाहीले नवनियुक्त गभर्नर पौडेलप्रति कटाक्ष गरेका छन् । सामाजिक सञ्जालमार्फत पौडेललाई चुनाव हरुवाको संज्ञा दिँदै शाहीले कार्यकर्ता गभर्नर बनेको बताएका छन् । ‘अझै पनि देश बन्छ भनेर पत्याइदिनुपर्ने ? चुनाव हारेको हरुवा कार्यकर्ता गभर्नर बन्ने,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् । पौडेल पछिल्लो संसदीय निर्वाचनमा चितवन १ बाट रास्वपाका हरि ढकालसँग पराजित भएका थिए ।
शाही मात्रै होइन, अन्य राजवादी नेता कार्यकर्ताले पनि पौडेलको आलोचना गरिरहेका छन् । यसबाट उनीहरू निर्दलीय तानाशाहबाहेक अरु केही चाहँदैनन् भन्ने पुष्टि हुन्छ । नवनियुक्त गभर्नर पौडेलले बुधबार शपथ ग्रहण गर्दैन्। आज बिहान कार्यालय खुलेपछि अर्थ मन्त्रालय पुगेर आफ्नो नियुक्ति पत्र बुझेर सर्वोच्च अदालत जाने छन् । जहाँ प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले उनलाई शपथ गराउनेछन्। शपथपछि पौडेल राष्ट्र बैंकको केन्द्रीय कार्यालय पुगेर कार्यभार सम्हाल्ने कार्यक्रम छ।
प्रतिक्रिया