काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला एक लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुनको मूल्य एक लाख ८४ हजार ८०० रुपैयाँ थियो । अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला पाँच हजार रुपैयाँले बढी हो।
यसअघि पनि एकैदिन सुन तोलामा पाँच हजारसम्म बढेको थियो । सुन तोलामा अहिलेसम्म एक लाख ९२ हजार रुपैयाँसम्म पुगेको छ । चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। आज चाँदी प्रतितोला एक हजार ९९० रुपैयाँमा कारोबार भइरहेको छ, जुन हिजोको एक हजार ९४० रुपैयाँको तुलनामा ५० रुपैयाँले बढी हो।
प्रतिक्रिया