काठमाडौं । नवनियुक्त गभर्नर डा.विश्वनाथ पौडेलले अर्थमन्त्री विष्णु पौडेललाई भेटेका छन् । बुधबार प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसँग पद तथा गोपनीयताको शपथ लिएलगत्तै गभर्नर पौडेल अर्थमन्त्री पौडेल भेट्न सिंहदरबारस्थित अर्थ मन्त्रालय पुगेका थिए ।

अर्थमन्त्री पौडेलले गभर्नर नियुक्त भएकामा बधाई दिँदै अर्थ व्यवस्था बलियो पार्ने गरी मौद्रिक नीति तयार पार्न आग्रह गरेका थिए । अर्थमन्त्री पौडेललाई भेटेलगत्तै पौडेल बालुवाटारस्थित राष्ट्र बैंकको कार्यालयम पुगेर पदभार ग्रहण गरेका छन् ।

प्रतिक्रिया