‘होस्टेल ३’ का निर्माताले ‘बाउ भर्सेस छोरा’ बनाउने


काठमाडौँ । ‘होस्टेल ३’ निर्माण पक्षले नयाँ चलचित्र ‘बाउ भर्सेस छोरा’ बनाउने भएको छ । निर्माण पक्षले बुधवार सामाजिक सञ्जालमार्फत चलचित्र निर्माण घोषणा गरेको हो । सम्मान इन्टरटेन्मेन्टले निर्माण गर्न लागेको चलचित्रको सशान कँडेलले निर्देशन गर्दै छन् ।

दुई पुस्ताबिचको सोच, मूल्य र व्यवहारको टकराबलाई चलचित्रले देखाउने निर्देशक कँडेलले जानकारी दिए । ‘होस्टेल ३’ का लेखक माधव शर्माले ‘बाउ भर्सेस छोरा’ लेखेका छन् । चलचित्रको कलाकार, छायांकन र प्रदर्शन मिति केही समयपछि एक कार्यक्रमका बिच घोषणा गरिने निर्माण टिमले जनाएको छ ।