काठमाडौं । चर्चित डान्सर एवं अभिनेत्री कविता नेपालीले २४ घन्टामै सगरमाथा र ल्होत्से हिमाल आरोहण गरेकी छन् । सगरमाथा संसारकै सबैभन्दा अग्लो शिखर हो । ल्होत्से भने चौथो अग्लो शिखर हो । कविताले २४ घन्टामा आठ हजार मिटर अग्लो शिखर चुम्न पाएकोमा गर्व महसुस गरेको बताएकी छन् ।

उनले सगरमाथा मे १८ तारिखको बिहान ९ बजेर ३३ मिनेटमा र ल्होत्से हिमाल १९ मे बिहान ८ बजेर ५७ मिनेटमा आरोहण गरेकी हुन् । ‘यो यात्रा केवल शिखर आरोहणको बारेमा थिएन, यो सपना देख्नेहरू, गर्नेहरू र सीमाभन्दा माथि उठ्ने साहस गर्नेहरूका लागि हो ।

र, सबैभन्दा महत्त्वपूर्ण कुरा मैले यसलाई जितिनँ, म यसको कारणले बढी भएँ। म एक व्यक्तिको रूपमा बढें, मैले सिकें र मैले आफैंका टुक्राहरू फेला पारें जुन मलाई थाहा थिएन कि हराइरहेका छन्,’ सगरमाथा र ल्होत्से आरोहणपछि कविताले भनेकी छन् ।

प्रतिक्रिया