कविताले एक दिनको अन्तरमै आरोहण गरिन् २ हिमाल



नायिका तथा मोडल कविता नेपालीले सगरमाथा आरोहण गरेकी छिन् । साथै, उनले एक दिनको अन्तरमा दुई ८ हजार मिटर भन्दा अग्ला हिमाल आरोहण गरेकी हुन् ।

एक दिनको अन्तरमा दुई हिमाल आरोहण गर्दै कविताले इतिहास रचेकी छिन् ।

कविताले दुवै हिमालको सफल आरोहण गर्दै गर्दा नेपालको राष्ट्रिय झण्डा फर्फराएकी छिन् । साथै, उनले आफूले अभिनय गरेको फिल्म ‘एक्लो’को पोष्टर पनि देखाएकी छिन् ।

सामाजिक संजालमा उनले लेखेको स्टाटसमा आफू हराइरहेको र अहिले आएर फेला पारेको उल्लेख गरेकी छिन् । कविताले फेसबुकमा लेखेकी छिन्–‘यो यात्र केवल शिखरहरुको बारेमा मात्र नभएर सपना देख्नेहरु, केही गर्न खोज्नेहरु र सीमा भन्दा माथि उठ्ने साहस गर्नेहरुका लागि थियो । सबैभन्दा महत्वपूर्ण कुरा मैले यसलाई जितेकी होइन, यो जित भन्दा माथि हो ।’

कवितासँगै एक दर्जन विदेशी नागरीकहरुले पनि सगरमाथाको सफल आरोहण गरेका छन् । यसअघि नायिका नीशा अधिकारी, दिया पुन र नायक अर्जुन कार्कीले पनि सगरमाथाको सफल आरोहण गरेका थिए ।