देशकै ठुलो चेन भनेर हल्ला गर्ने तर नेपाली फिल्ममाथि सुरुवातमा निकै नै हेलाको प्रवृत्ती देखाउँदै आएको क्यूएफएक्स चेनले यसपटक पनि यस्तै शैली प्रस्तुत गरेको छ ।
विश्व बजारमा एक साता अगाडि नै रिलिज भइसकेको हलिउड फिल्म खरिद गरेको एप्पल इन्टरटेन्मेन्टले आफैले वितरण गर्न लागेको नेपाली फिल्मलाई भने हेपाहा शैली देखाएको छ । जसको अहिले सर्वत्र आलोचना सुरु भएको छ ।
नेपाली फिल्म क्षेत्रमा छुट्टै विरासत बोकेका हमाल ८ वर्षपछि दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा बनेको फिल्मबाट पर्दामा कमब्याक गर्दैछन् । तर, देशकै ठूलो क्यूएफएक्स चेन भने आफैले वितरण गरेको फिल्मलाई पाखा लगाउने दौडमा छ ।
अचम्मलाग्दो कुरा के छ भने, शोज कम मात्र होइन अल्टर पनि दिइएको छ । बिहानको ७ः४५ मा शोज दिएर सोही हलमा सवा ३ मात्र शो दिइएको छ । त्यसपछि हलमा बेलुकीको कुनै पनि शोज छैन । यो हलको शोज वितरणको कस्तो शैली हो ?
यता ललितपुरको एक मात्र हल लाबिममा बिहान ९ः४५ मा शोज दिएर बेलुकी ७ बजे शोज दिइएको छ । शोज वितरणमा क्यूएफएक्सको मनपरीतन्त्र सिभिल मलमा पनि देखिन्छ । बिहानी साढे ८, पौने बाह्रमा शोज दिएर साढे २ बजे दिइएको छ । त्यसपछि यो हलमा ‘नरसिंहाः अवतार’को कुनै पनि शोज छैन । यो कस्तो खालको शोज वितरण हो ?
‘नरसिंहाः अवतार’को शोज वितरणमा क्यूएफएक्सले मनपरी गरेको देख्न सकिन्छ । यसले, फिल्म वृत्तमा हलचल ल्याएको छ । विदेशी फिल्म ल्याउने वित्तिकै नेपाली फिल्ममाथि यस्तो खालको प्रवृत्ती देखाउने प्रदर्शकहरुको शैली यसपटक पनि देखिएको छ ।
शुक्रबारदेखि रिलिजमा आउने फिल्ममा राजेश हमाल, नीति शाह, राज कटुवाल, सनिषा भट्टराई, नीर शाह, प्रशान्त ताम्राकार, सरोज खनाल, उषा खड्गी, राजिभ जंग बस्नेत, रमेश चन्द सोडारी, दिपा शाही, एभिलिना खड्का, समाइरा थापा लगायतका कलाकाररुको अभिनय छ ।
प्रतिक्रिया