‘जन्ते बाख्रो’मा ‘मुकु मुकु भ्या’ भन्दै नाँचे सौगात, गरीमा र आशिफ



जेठको २३ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘जन्तो बाख्रो’को ‘मुकु मुकु म्या’ बोलको गीतमा मुख्य कलाकारहरु नाचेका छन् । फिल्मका मुख्य कलाकारहरु सौगात मल्ल, गरीमा शर्मा, आशिफ शाह, लोकेन्द्र लेकख र विशाल पहाडीको नृत्य हेर्न सकिन्छ । गीतलाई रमाइलो तरिकाले तयार पारिएको छ ।

सार्वजनिक यो गीतमा कृष्ण भारद्धाज र निर्भिकल्पमको शब्द, कृष्ण भारद्धाजको स्वर र रिकेश गुरुङको संगीत छ । प्रदीप लामाको कोरियोग्राफी रहेको यो गीतको भिडियोमा लोकेश बज्राचार्यको सम्पादन छ ।

सिमोस सुनुवारको निर्देशनमा तयार भएको फिल्ममा रमेश शाह, कमल देवकोटा, रुषा न्यौपाने, रमा थपलिया, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम, कुशल गजमेर लगायतका कलाकारहरुको अभिनय छ । मुईन इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार भएको यो फिल्मलाई कमेडी कथामा तयार पारिएको छ ।

सन्तोष गौतमको लगानीमा तयार भएको यो फिल्ममा प्रदीप भारद्धाजको लेखन, हरि हुमागाँइको छायांकन निर्देशन, उत्तम हुमागाँइको छायांकन, सुनिल शिवभक्तीको सम्पादन छ ।