‘नरसिंहाः अवतार’को रोमान्टिक गीत सार्वजनिक, राज र सनिषाको छल्कियो प्रेम



फिल्म ‘नरसिंहाः अवतार’को नयाँ गीत सार्वजनिक भएको छ । ‘तिम्रै मात्र हुने मन छ’ बोलको रोमान्टिक गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत, सैराज खाती र मनिषा सुनवारको स्वर छ ।

यो रोमान्टिक गीतमा नायक राज कटुवाल र नायिका सनिषा भट्टराइलाई रोमान्टिक अवतारमा देखाइएको छ । माइकल चन्दको कोरियोग्राफी रहेको यो गीतमा राजु थापाको डीओपी छ ।

फिल्ममा राजेश हमाल, नीति शाह, राज कटुवाल, सनिषा भट्टराई, नीर शाह, अर्जुन श्रेष्ठ, उषा खड्गी, रमेश चन्द सोडारी, आशा पौडेल, प्रशान्त ताम्राकार, राजिभ जंग बस्नेत, प्रकाश जंग कुँवर, प्रभु श्रेष्ठ, अमित गिरी, टार्जन लगायतका कलाकारहरुको अभिनय छ ।

दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा नेम महर्जन, दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन, ध्रुव न्यौपानेको लगानी छ । फिल्ममा साहिल खान र मिलन श्रेष्ठको सम्पादन, चन्द्र पन्तको कथा, राजु तामाङको एक्सन छ ।

फिल्मको कथावस्तुलाई सस्पेन्स, थ्रीलर, प्रेम, विछोड र बदलाको कथामा निर्माण गरिएको छ । यो फिल्मको बुकिङ खुलिसकेको छ । फिल्मको व्यापार सुखद हुने अपेक्षा गरिएको छ ।