अभिनेत्री सुहाना थापाले चिकित्सा मनोविज्ञानमा गरिन् मास्टर्स


काठमाडौं । चर्चित अभिनेत्री सुहाना थापाले कोलम्बिया विश्वविद्यालय न्युयोर्कबाट परामर्श तथा चिकित्सा मनोविज्ञानमा स्नातकोत्तर गरेकी छन् ।

निर्माता सुनिलकुमार थापा र निर्देशक झरना थापाकी एक मात्र छोरी सुहानाले स्नातकोत्तर गरी दीक्षितसमेत भएकी छन् । बाबु सुनिलले यसबारे जानकारी गराएका हुन् ।

‘छोरी सुहानाले कोलम्बिया विश्वविद्यालय न्युयोर्कबाट परामर्श तथा चिकित्सा मनोविज्ञानमा स्नातकोत्तर अध्ययन सम्पन्न गरी दीक्षित भएको यो सुखद अवसर तपाईंहरूसँग बाँड्न पाउँदा म अत्यन्तै गौरव अनुभूति गरिरहेको छु। बचपनदेखि देखिएको उसको समर्पण, मिहिनेत र धैर्य आज फलदायी बनेको देख्दा, एक बाबुको नाताले यो खुसी शब्दमा व्यक्त गर्न गाह्रो छ,’ सुनिलले भनेका छन् ।

सुहानाले ‘ए मेरो हजुर ३’ अभिनय गरेकी छन् । उनले अनुबन्ध भएको ‘परालको आगो’ फ्लोरमा निस्कने तयारीमा छ ।