पुष्पले बल्ल पाए फिल्म, साइन गरे ‘महाराजधिराज’



विगत एक वर्षभन्दा लामो समयदेखि फिल्मबाट टाढा जस्तै देखिएका नायक पुष्प खड्का अब एक नयाँ फिल्ममा देखिने भएका छन् । उनले, परिच्छेद सेनको लेखन तथा निर्देशनमा तयार हुन लागेको फिल्म ‘महाराजधिराज’ साइन गरेका छन् ।

फिल्मका निर्माता विराज विष्टले पुष्पलाई फिल्ममा अनुवन्धित गरेका हुन् । चाडै नै छायांकनमा जान लागेको यो फिल्ममा आफ्नो भूमिका विशेष रहेको र दर्शकले मन पराउने विश्वास पुष्पको छ ।

लगातार तीन वटा फिल्म नचलेपछि पुष्पलाई फिल्मको अफर खासै गएको थिएन । उनी पनि स्क्रिप्ट नै राम्रो नआएको खण्डमा काम नगर्ने मुडमा थिए । तर, अब भने पुष्पको हातमा फिल्म परेको छ ।

यो फिल्ममा नायक पल शाह शिर्ष भूमिकामा देखिदैछन् । उनको साथमा फिल्ममा रमेश उप्रेती, आर्यन सिग्देल, वर्षा राउत, वर्षा सिवाकोटी र जयकिशन बस्नेत फाइनल भइसकेका छन् ।

कलाकारहरुको छनोट हेर्दा फिल्मको लाइनअप बलियो देखिएको छ । दशैंको फूलपातिबाट यो फिल्म हलमा लाग्दैछ ।